पूजा र पुष्पको 'सरर' सार्वजनिक [भिडियो]

गायिका रानी शाक्यले ‘सरर’ बोलको गीत सार्वजनिक गरेकी छिन्। राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ। गीतको भिडियोमा नायिका पूजा शर्मा, नायक पुष्प खड्का लगायतले अभिनय गरेका छन्। पुष्प र पूजाको म्युजिक भिडियोमा यो पहिलो सहकार्य पनि हो।

ज्ञानेन्द्र शर्माको छायांकन, विजयराज भुर्तेलको सम्पादन रहेको गीतमा देव धिमालको निर्देशन छ। भिडियोलाई गायिका रानी शाक्यकै आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।

प्रकाशित मिति: : 2021-10-06 12:13:00

प्रतिकृया दिनुहोस्