जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले विभिन्न कार्यक्रम गरी मनायाे प्रहरी दिवस

रबि पोख्रेल

सन्धिखर्क

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले ६६ औं प्रहरी दिवस भव्य समारोहका बीच मनाएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी अम्बर थापाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको प्रमुख अतिथ्यततामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमकाे सम्बाेधन गर्दै डीएसपी थापाले नेपाल प्रहरीले नागरिककाे सुरक्षाकाे लागि निरन्तर काम गरिरहेकाे बताएका छन्। उनले नागरिकलाई दिएको शान्ति र सुरक्षाको उच्च कदर गर्दै जनमुखी सेवा, पारदर्शी र छिटो छरितो हुने बताएका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, पाणिनि गाउपालिकाका अध्यक्ष अच्युत गौतम, नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल लगायतकाे उपस्थिति रहेकाे थियाे। 

प्रकाशित मिति: : 2021-10-06 16:13:00

प्रतिकृया दिनुहोस्