विश्वकप फुटबल

यी आकर्षक रंगशालामा हुनेछ, विश्वकप फुटबलकाे महाभिडन्त

Photo : Telegraph via Agency
Photo : Telegraph via Agency

आजदेखि विश्वकप फुटबलकाे २२औँ संस्करण कतारमा सुरु हुँदैछ। विश्वका ३२ राष्ट्र सहभागी प्रतियाेगिताका खेल विभिन्न रंगाशालामा हुँदैछन्। प्रतियाेगिताकाे उद्घाटन खेल आज साँझ अल बेयट रङ्गशालामा हुँदैछ।

कतारले प्रतियाेगिताकाे लागि देशका ८ स्थानमा रंगशाला निर्माण गरेकाे छ।

यी हुन, कतार विश्वकपका खेलहरु हुने रंगशालाहरु:

अल बेयट रंगशाला

विश्वकपकाे उद्घाटन खेल अल बेयट रंगशालामा हुनेछ। सो रगंशालामा ६० हजार मानिसले फुटबल हेर्न पाउने छन्।

अल बेयट रंगशालामा ६ हजार कार पार्किङ, ३ सय ५० बस पार्किङ गर्ने सकिने व्यवस्था रहेकाे छ। रगंशाल अल खोर कतारमा अवस्थित छ। याे क्षेत्र राजधानी दाेहाभन्दा ३५ किलाेमिटर टाढा हाे।

यो रगंशाला अरब शौलीमा डिजाइन गरिएकाे छ। रगंशाला ८ सय ४७ मिलियन रकम खर्चिएर बनाइएकाे हाे। ६० हजार दर्शक अट्ने साे रगंशालमा १ हजार सिट प्रेस प्रतिनिधिकाे लागि छुट्याइएकाे छ।

लुसेल रगंशाला

लुसेल रगंशाला कतारको सबैभन्दा ठुलो रगंशाला हो। यो रगंशाला राजधानी दोहाभन्दा २३ किलोमिटर टाढा छ।

उक्त रगंशालामा ८० हजार मानिस अट्ने क्षमता रहेको छ। लुसेल रगंशालमा विश्वकपको फाइनलकाे आयोजाना गरिनेछ। याे रगंशाल विश्वकप सकिपछि स्कुल, पसल, क्याफे र स्पोर्टसका प्रयाेग गरिनेछ।

सो रगंशालाको डिजाइन कौचरा आकारमा बनेकाे छ। उक्त रगंशालाकाे निर्माणमा ७ सय ६७ मिलियन खर्च गरिएकाे छ।

एजुकेसन सिटी रगंशाला

यो रगंशालाकाे नाम आफैँमा युनिक छ। याे रगंशाला दोहाको दक्षिण पश्चिमबाट ७ किलोमिटर टाढा रहेको छ।

सो रगंशालमा विश्वकपका ७ वटा खेलहरु खेलाइने छ। एजुकेसन सिटी रगंशालाको डिजाइन हिराजस्तो बनेको छ। विश्वकप खेलाइसकेपछि उक्त रगंशालको सिटहरु रगंशाल बनाउँदै गरिरहेको देशलाई प्रदान गर्न योजना रहेको छ।

याे रगंशाला बनाउन ७ सय मिलियन डलर खर्च भएको छ।

खलिफा अन्तर्राष्ट्रिय रगंशाला

खलिफा अन्तर्राष्ट्रिय रगंशाला कतारको राष्ट्रिय रगंशाला हो। सो रगंशाला बनाउन ३० हजार मजदुरहरू खटिएका थिए।

विश्वकपको लागि सबैभन्दा चाँडै बनेकाे रगंशाला खलिफा रगंशाला हो। याे रगंशालमा ४० हजार मानिस अट्ने आंकलन गरिएको छ। यो रगंशालाको डिजाइन पूर्व–पश्चिमा हल्का फरक तारिकाले निर्माण गरेको हो।

स्टेडियम– ९७४ रगंशाला

यस रगंशालाको नामबारे विश्वभर चर्चा भइरहेको छ। स्टेडियम– ९७४ मा विश्वकपका ७ खेल खेलाइनेछ।

याे रगंशालको नाम स्टेडियम– ९ सय ७४ राख्नुकाे कारण कतारको डाइलिङ नं. ९७४ बाट सुरु हुने भएकाले सो स्टेडियमको नामकरण गरिएको हो। सो रगंशालामा ४० हजार दर्शक अटाउने छन्।

अल थुमाना रंगशाला

अल थुमाना रंगशाला हम्मद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेकाे छ।

सो रगंशालामा ४० हजार दर्शक अट्नछन्। सो रगंशालमा विश्वकपका ८ वटा खेलहरु हुनेछन्।

उक्त रगंशालाको पनि हाफ सिटहरु अरु देशकालाई अनुदानमा दिने छ। रगंशाल निर्माणकाे कुल खर्च ३४२. २५ मिलियन रहेको छ। यस रगंशालाको डिजाइन गाफीया डिजाइनमा निर्माण गरिएको छ।

अल जानोव रगंशाला

अल जानोव रगंशाला विश्वकपका लागि दोस्रो छिटो तयार हुने रगंशाला हो। सो रंगशालामा ४० हजार मानिस अट्ने अनुमान छ।

अल रगंशालमा ७ वटा खेलहरु हुने छन्। सो रगंशालाको कुल खर्च ६.५ मिलियन डलर रहेकाे छ। रगंशालाको डिजाइन तटीय सहर समुद्रीका रुपमा परिचित गरेको छ।

अहमद विन अली रगंशाला

अहमद विन अली रगंशाला ४४.७४० हजार दर्शक अट्ने गरी निर्माण गरिएकाे छ। सो रगंशालमा ७ खेल वटा खेलहरु हुने भएकाे छ।

उक्त रगंशालाको डिजाइन संस्कृति प्रतिबिम्बका रुपमा बनाएको छ।

प्रकाशित मिति: : 2022-11-20 05:50:00

प्रतिकृया दिनुहोस्