निश्चल र स्वस्तिमाको 'सरकारी अड्डा' सार्वजनिक [भिडियो] 

रिल्ल सँगै रियल जोडी निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अभिनीत नयाँ म्युजिक भिडियो  'सरकारी अड्डा' सार्वजनिक भएको छ। गीतमा पदम राई र रचना रिमालको आवाज रहेको छ।
 
भिडियोमा निर्देशक निश्चल बस्नेत, नायिका स्वस्तिमा खड्का लगायतको अभिनय रहेको छ।

गीतमा डीपी खनालको शब्द रचना रहेको गीतमा संगीत दीपक शर्माले भरेका छन्। एरेन्ज रिकेश गुरुङले गरेका हुन्। निकेश् खड्काको निर्देशन साथै कन्सेप्टमा बनेको भिडियोको दृश्य कैद मन कृष्ण महर्जन र बुद्ध थापाले संयुक्तमा गरेका छन्।

भिडियोको सम्पादन विकास धमला र कलरिङ् राजेन्द्र मोक्तानले गरेका हुन्। सार्वजनिक भिडियोलाई केन्द्र मोसन्सको आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ। 
 

प्रकाशित मिति: : 2021-10-08 10:28:00

प्रतिकृया दिनुहोस्