आफताब आलमको मुद्दामा आज सुनुवाई 

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाईका लागि सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ।

न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा आलमको मुद्दाको पेसी तोकिएको हो।

यसअघि पनि आलमको मुद्दा पटकपटक पेसीमा राखिएको थियो। तर, मुद्दा हेर्न नमिल्ने भएकाले सुनुवाइ हुन सकेको थिएन।

रौतहटको इँटा भट्टामा राखेर मजदूरलाई जिउँदै जलाएको अभियोगमा थुनामा राख्ने आदेशविरुद्ध कांग्रेस नेता आलम सर्वोच्चमा गएका थिए।

नेता आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले दिएको थुनामा राख्ने आदेश दिएको थियो।

प्रकाशित मिति: : 2021-10-22 11:40:00

प्रतिकृया दिनुहोस्