फेसबुकले गर्‍यो नाम परिवर्तन

सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम फेरेर 'रिब्रान्डिङ' गरेकाे छ।

कम्पनीले बिहीबार नाम परिवर्तन गरी ‘मेटा’ राख्ने घोषणा गरेको हाे।

केही दिनयता फेसबुकको नाम परिवर्तनकाे चर्चा चलिरहँदा कम्पनीका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले नयाँ नामकाे घोषणा गरेका हुन्।

कम्पनीको भर्चुअल सम्मेलनमा जुकरबर्गले मेटाभर्समा केन्द्रित हुनेसमेत बताएका छन्। मेटाभर्सलाई ‘इन्टरनेटको भविष्य’ भनेर चर्चा गरिएको छ।

कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन्। फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ।

फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर नाफा 

प्रकाशित मिति: : 2021-10-29 06:07:00

प्रतिकृया दिनुहोस्