मुस्ताङमा हिमपहिरो: घाइते शिक्षक र विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो [भिडियो] 

मुस्ताङमा हिमपहिरोमा परी ९ जना घाइते भएका छन्। मानवीय क्षति भने भएको छैन।

मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङ, लार्जुङ र बोक्सी खोला माथिबाट हिमपहिरो खसेको हो।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार आइतबार बिहान करिब ११ बजेर ४० मिनेट जाँदा पहिरो खसेको थियो।

धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट भिषण हिमपहिरो खस्दा भाग्ने क्रममा एक शिक्षक र ९ विद्यार्थी घाइते भएको उनले पुष्टि गरे।

‘घाइतेहरुको अवस्था सामान्य नै छ। हामी फिल्डमा छौं,’ उनले भने। पहिरोको क्षति विवरण आउन बाँकी रहे पनि नाउरिकोटको एक घरको छानो भत्केको छ।

पहिरोले बेनी-जोमसोम सडक यातायात समेत ३० मिनेट अबरुद्ध रह्यो। अहिले सुरक्षाकर्मी र स्थानीय उद्दारमा जुटिरहेका  छन्।

प्रकाशित मिति: : 2021-11-14 14:34:00

प्रतिकृया दिनुहोस्