बलिउड अभिनेत्री शिल्पा शेट्टीले आफनो नाम बदनाम गर्न खोजेको बताएकी छन्।
शिल्पाले आफ्नो र पति राज कुन्द्राको नाममा दर्ता भएको एक मुद्दाबारे सफाइ दिदैँ आफूलाई बदनाम गर्न खोजेको बताएकी हुन्। सो मुद्दासँग आफ्नो कुनै सरोकार नभएको उनको भनाई छ।
यसअघि मुम्बईको प्रहरी कार्यालयमा शिल्पा, राज र फेसन टिभीका काशिफ खानविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा मुद्दा दायर भएको थियो।
आफूले कमाएको नाम बदनाम गर्न यस्तो मुद्दामा आफ्नो नाम जोडिएको बताउदैँ उनले यो कुरामा आफनोलगायत राजको कुनै हात नरहेको बताइन्।