माओवादी केन्द्रको वडा सम्मेलनः दाङका १०० वडामा २ महिला अध्यक्ष  

File Photo
File Photo

देशभर एकै पटक वडा सम्मेलन गरेको नेकपा (माओवादी केन्द्र)ले दाङका १०० वडा मध्ये ९७ मा वडा सम्मेलन सम्पन्न गरेको छ। वडा सम्मेलनबाट २ वडाको नेतृत्व भने महिलाले पाएका छन्। 

घोराही उपमहानगरपालिका २ मा लेखा अधिकारी र राप्ती गाउँपालिकाको ८ नं. वडा अञ्जु अधिकारीले अध्यक्षको जिम्मेवारी पाएका छन्। बाँकी वडामा भने पुरुष नै हाबी भएका छन्। अन्य पार्टी जस्तै माओवादी केन्द्रले पनि अध्यक्षको जिम्मेवारीमा महिलालाई ल्याउन सकेन। 

यस अघि एमाले र काँग्रेसले पनि वडा अध्यक्षको जिम्मेवारीमा महिलालाई कम प्राथामिकता दिएको थियो। १०० वडामा एमालेले ५ र काँग्रेले १ वडामा मात्र महिला अध्यक्ष बनाएको थियो। 

माओवादी केन्द्रले ९७ वडा मध्ये २ वडामा महिलालाई जिम्मेवारी दिएको छ। तर अन्य पार्टी भन्दा महिलाको प्रतिनिधित्व धेरै बनाएको माओवादी केन्द्र दाङका संयोजक सुवास पुनले बताए। उनले भने, ‘अध्यक्षको जिम्मेवारीमा कम भएपनि सचिव, कोषाध्यक्ष तथा अन्य पदहरुमा भने जिम्मेवारी अन्य पार्टीको भन्दा धेरै हाम्रो पार्टीले बनाएको छ।’

संयोगक पुनले ३५ प्रतिशत महिलाको सहभागिता बनाएको बताए। त्यस्तै १५ प्रतिशत दलित कार्यसमितमा आएको पनि पुनको भनाई छ। कानुनमा कुनै पनि संगठनमा ३३ प्रतिशत महिला र १३ प्रतिशत दलितको सहभागीता हुनु पर्ने व्यवस्था रहेको छ। पुनले सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको भन्दै नेतृत्व चयनका क्रममा २ वटा वडामा मात्र महिलालाई ल्याएको जानकारी दिए। नेतृत्व लिन महिलाले आँट गरेनन् कि संगठनले ल्याउन मानेन भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो होइन महिलाले आँट नगरेको पनि होइन, हामीले ल्याउन नखोजेको पनि होइन। सर्वसम्मत नेतृत्व चयन प्रकृयामा वडा कमिटीले यस्तै गर्यो।’ पुनले वडा कमिटीमा युवालाई प्राथमिकता दिएको पनि जिकिर गरे। 

तीन वडामा सम्मेलन कहिले ?

दाङको १०० वडा मध्ये बबई गाउँपालिकाको ७, शान्तिनगर गाउँपालिकाको ३ र राप्ती गाउँपालिकाको ७ नं. वडामा माओवादी केन्द्रले वडा सम्मेलन गर्न सकेन। शान्तिनगर र बबईमा पार्टी कमिटीका सदस्य विरामी भएकाले वडा सम्मेलन हुन सकने भने राप्तीमा स्थानीय मेला लागेका कारण सम्मेलन नभएको संयोग पुनले जानकारी दिए। उनले शान्तिनगरमा आजै नै वडा सम्मेलन सम्पन्न गर्ने बताए। साथै बबई र राप्तीमा पनि छिट्टैनै वडा समेलन गरिने संयोजक पुनको भनाई छ। 

यि हुन वडा कमिटीको जिम्मेवारी पाउनेहरु..... 

बबई गाउँपालिका

१.गम्मरचन रोका

२.कृष्णबहादुर खत्री

३.बालीराम ओली

४. बिष्णु बिक

५. टेकबहादुर खत्री

६. रमेश चौधरी

७. स्थगित

शान्तिनगर गाउँपालिका

१. लुद्रबहादुर केसी

२. मानबहादुर खड्का

३ स्थगित 

४.भीम रेउले

५.शिव चौधरी

६. तेजबहादुर केसी

७.हेमन्त शर्मा

दंगीशरण गाउँपालिका

१.बिजय बिष्ट

२.दिलबहादुर परियार

३.टोपाराम चौधरी

४.ठाकुर चौधरी

५.मोहलाल गिरी
६.भरथरु चौधरी

७. तुलसीराम चौधरी

तुलसीपुर उपमहानगरपालिका

१.डिल्लुप्रसाद न्यौपाने

२.कालीचरण चौधरी

३. प्रेमप्रकाश मल्ल

४.रणवीर सिंह घर्ती

५.बेदप्रसाद ओली

६.वीरेन्द्र बुढा मगर

७.डम्मर थापा

८.जीवन केसी

९.मदन हमाल

१०.शम्भु पौडेल

११.गोपाल मल्ल

१२.ज्ञानबहादुर बस्नेत

१३.देवबहादुर बिक

१४.लेखत पौडेल

१५.देबहादुर बस्नेत

१६.कमल नेपाली

१७.हरि पौडेल

१८.लोकबहादुर बहकरी

१९.दुर्गाबहादुर बिक

घोराही उपमहानगरपालिका

१.भीमसेन बुढा

२.लेखा अधिकारी

३. सुमन रोका

४.गुरुप्रसाद न्यौपाने

५.नोमबहादुर केसी

६.खलुप्रसाद पुन

७. चिजबहादुर चौधरी

८. पितालम्बर ओली

९. माघुराम चौधरी

१०.बुद्धिराम चौधरी

११.पूर्णचन्द्र बिक

१२. पूर्णबहादुर बुढा

१३.रिमबहादुर नेपाली

१४.कृतिमान पुन

१५.बामदेव रिजाल

१६.देउमन दमाई

१७. पदमबहादुर केसी

१८.सुरश बुढा

१९. खड्कबहादुर घर्ती

बंगलाचुली गाउँपालिका

१. जीतबहादुर घर्ती

२. मेघराज घर्ती

३. लोकबहादुर खत्री

४. लालबहादुर परियार

५.गोपीराम थापा

६.नारायण ओली

७.खिमबहादुर बैजाली

८.डम्बरबहादुर खत्री

लमही नगरपालिका

१. बिष्णुप्रसाद शर्मा

२.जगनारायण चौधरी

३.लोकमणि बञ्जाडे

४.रमेश सुनार

५.चित्रबहादुर केसी

६. कृष्णप्रसाद घिमिरे

७.ध्रुवकुमार चौधरी

८. जोगराज चौधरी

९. मानसिह ओली

गढवा गाउँपालिका

१. राजकुमार थापा

२.सन्तोष यादव

३.आशाराम चौधरी

४.अतिउल्ला मनिहार

५. शंकरदेव चौधरी

६. महेश अधिकारी

७.रामभरोस चौधरी

८. चन्द्र बिक

राजपुर गाउँपालिका

१.श्यामलाल ओली

२.तुलसीराम भण्डारी

३.राजबहादुर यादव

४.परशुराम यादव

५.अम्मरबहादुर बोहरा

६. नेत्रबहादुर केसी

७.टेकबहादुर राना

राप्ती गाउँपालिका

१.तपराज आचार्य

२.लालबहादुर चौधरी

३.आनन्द परियार

४. बिष्णुप्रसाद पोख्रेल

५. गरेबु चौधरी

६. बिर्खबहादुर महरा

७.स्थगित

८.अञ्ज कार्की

९.कृष्णबहादुर घर्ती

प्रकाशित मिति: : 2021-11-21 15:15:00

प्रतिकृया दिनुहोस्