घनश्याम भूसालले भने- पार्टीभित्र सिद्धान्त ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर उपाध्यक्षमा उम्मेदवारी दिएको छु

नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र सिद्धान्त ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी रहेको भनेर आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्।

चितवनकाे सौरहामा सोमबार बिहान उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि पत्रकार सम्मेलमार्फत नेता भूसालले यस्ताे बताएका हुन्।

‘पार्टीभित्र सिद्धान्त ज्युँदो छ, पार्टीभित्र मार्क्सवाद ज्युँदो छ, विचार ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु’, उनले भने।

कहीँ पार्टीले गल्ती गरिहाल्यो भने पार्टीलाई सुधार्ने पनि कार्यकर्ताको लामो परम्परा भएकाे उनले बताए। 

प्रकाशित मिति: : 2021-11-29 12:20:00

प्रतिकृया दिनुहोस्