धुर्मुस सुन्तलीको ‘मायाले जीवन सजाऊ’ सार्वजनिक [भिडियो]

हास्य कलाकार कुमार कट्टेल उर्फ (जिग्री) र अस्मिता अधिकारीको आवाजमा ‘मायाले जीवन सजाऊ’ बोलको गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा सिताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली) लाई देख्न सकिन्छ।

शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी र निर्देशन गरेका हुन्। गीतलाई धुर्मुस सुन्तली युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ।

धुर्मुस सुन्तलीको वैवाहिक वर्षगाँठको अवसर पारेर मंगलबार उक्त गीत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: : 2021-11-30 16:04:00

प्रतिकृया दिनुहोस्