राप्रपा महाधिवेशन : अझै टुंगिएनन् प्रतिनिधि

Photo-NK
Photo-NK

राप्रपा महाधिवेशन प्रतिनिधिको अझै टुंगो लागिसकेको छैन। काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट एकताको महाधिवेशन सुरू भइसक्दा पनि महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छैन।

महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने प्रयास भइरहेको छ। ‘महाधिवेशन प्रतिनिधिको टुंगो लगाउन शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि छलफलमा बसेका छन्’, राप्रपा नेता सुजित केसीले भने, ‘महाधिवेशन प्रतिनिधिमाथि अहिले छानबिन भइरहेको छ। शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधिहरू छलफलमा छन्।’

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ। अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा गरेका छन्।

वर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षको दौडबाट हटिसकेका छन्। लोहनीले लिङ्देनलाई समर्थन गर्दा जबरा तटस्थ बसेका छन्। 

प्रकाशित मिति: : 2021-12-02 12:56:00

प्रतिकृया दिनुहोस्