बलिउड अभिनेत्री कट्रिना कैफ सधैँ चर्चाको पात्र बनिरहन्छिन्। कहिले उनले बोल्ड अवतारमा खिचाएका फोटोहरु भाइरल हुन्छन्, त कहिले प्रेमीहरुसँगको ब्रेकअपको कारण उनी चर्चामा आउछिन्।
यतिबेला भने फेरि कट्रिना बिहेको कारण चर्चामा छिन्। उनले अभिनेता विक्की कौशलसँग वैवाहिक जीवन सुरु गर्दै छिन्। बिहे यही डिसेम्बरको ७ देखि ९ गतेसम्म हुन लागेको हो।
त्यसो त, यसअघि कट्रिनाको नाम सलमान खान र रणवीर कपूरसँग पनि नजोडिएको भने होइन। तर उनीहरुसँगको सम्बन्ध लामो समयसम्म टिक्न सकेन। कट्रिनाको पूर्वप्रेमी रणवीरले अभिनेत्री आलिया भट्ट बिहेको घोषण गरेसँगै उनले पनि विवाहको तयारी थालेकी हुन्।
केही भारतीय सञ्चारमाध्यमहरुले त रणवीरलाई देखाउन कै लागि कट्रिनाले बिहे गर्न लागेकोसमेत उल्लेख गरेका छन्।
अहिले नै कट्रिना र विक्कीको सम्बन्ध पनि लामो समयसम्म टिक्ला भनेर यकिन गर्न सकिन्न। सम्बन्धले कति लामो यात्रा तय गर्छ, त्यो भने बिहेपछि नै थाहा हुनेछ।