काँग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेकाे अग्रता

तेजन खड्का

विराटनगर
File Photo
File Photo

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेले अग्रता लिएका छन्। दुई सय मत गणना गर्दा अहिलेसम्म घिमिरेले अग्रता लिएका हुन्।

उनले १०८ मत प्राप्त गरेका छन्। अर्का प्रतिद्वन्द्वी उद्धव थापाले ८३ मत प्राप्त गरेका छन्। घिमिरे संस्थापनइतर पक्षका हुन्। भने, थापा संस्थापन पक्षका हुन्।

उपसभापति (२ जना)

१) गोविन्दप्रसाद ढुङ्गाना- ८५

२) टंकप्रसाद राई- ९७

३) रमेशजङ्ग रायमाझी- ८७

४) विश्वनाथ रिजाल- ८२

महामन्त्री (२ जना)

१) उमेश थापा- ९६

२) दिपनकुमार थापा- ८९

३) पदम सुन्दर पालुङ्वा- ८४

४) भुपेन्द्र राई- ८८

सह-महामन्त्री (महिला-१)

१) प्रमिला गच्छदार- ८७

२) सीता कार्की- ९५

सह-महामन्त्री (२ जना)

१) खड्ग फागो- ११९

२) रोहित कुमार साह- ७१

३) बिनोद कुमार बस्नेत- ८२

४) वीरगाजी राई-८४

५) शुभषचन्द्र राई- ७

प्रकाशित मिति: : 2021-12-05 18:01:00

प्रतिकृया दिनुहोस्