बिएल संवाददाता
धिमाल जातिको मौलिक खाना, संस्कृतिको प्रचारप्रसार र प्रवद्र्धनका लागि उर्लाबारीमा पाचौँ चिचिरी, गेन्द्रो दिवस २०८१ मनाइने भएको छ।
आयोजक धिमाल जातीय विकास केन्द्रले आज पत्रकार सम्मेलन गरी माघ १२ गते मनाइने दिवसको बारेमा जानकारी गराएको हो ।‘संस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने नाराका साथ उर्लाबारी–५ हाटखोला पुष्पनगरीमा दिवस मनाइने केन्द्रका महासचिव मात्रिका धिमालले जानकारी दिए।
धिमाल जातिको मौलिक खाना, संस्कृतिको प्रवर्धनका लागि बर्षेनी केन्द्रले यो दिवस मनाउँदै आएको छ। यस वर्षको दिवस सम्पन्न गर्नका लागि करिब पाँच लाख रुपैयाँ खर्च हुने र चार हजारभन्दा बढी दर्शकको सहभागिता रहने अनुमान गरिएको छ।
सो अवसरमा धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, माखालाई, पायाको बिहा, गोरा, हाया लगायतका परिकारहरु पाइने केन्द्रका सहअध्यक्ष तथा कार्यक्रम संयोजक केदार धिमालले बताए। एक दिवसीय कार्यक्रममा गायिका बेनिसा पौडेल, छेसाङ तामाङ, डिकबहादुर धिमाल, सन्जिव धिमाल, राजेश धिमाल, सुरेश धिमाल र उर्नि तुन्जाई सांस्कृतिक मञ्चका कलाकारहरुको प्रस्तुति समेत रहने जनाइएको छ।
सो दिवस यसअघि दमकमा पहिलो, उर्लाबारीमा दोस्रो, बेलबारीमा तेस्रो र पथरीमा चौँथो संस्करण सम्पन्न भएको थियो। पत्रकार सम्मेलनमा धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिका अध्यक्ष अम्बरबहादुर धिमाल, उपाध्यक्ष शान्ति धिमाल, सचिवद्वय अजीतकुमार धिमाल र रोमान्सी धिमालको उपस्थिति रहेको थियो।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया