यी हुन् मस्तिष्कको व्यायाम गर्ने पाँच विधि

File Photo
File Photo

१.मन लागेका कुरा लेखौँ

मस्तिष्कको व्यायम गर्ने सबैभन्दा सहज तरीका भनेको लेखन हो। मनमा लागेका कुरा कपीमा लेख्दा मस्तिष्कको दुवै भाग सक्रिय बन्नुको साथै मस्तिष्कलाई सक्रिय पनि बनाउँछ। मनोविद्हरूका अनुसार हातले लेख्दा लामो समयसम्म मस्तिष्कमा लेखेको कुरा सम्झिरहन्छ। यो युवा र बालबालिका सबैमा काम गर्छ। लेखाई पढाइले यसै पनि मस्तिष्क सक्रिय बन्ने विश्वास छ। 

२. पाक कक्षामा सहभागी बनौँ

खाना बनाउँदा शरीरका कयौं इन्द्रियले काम गरिरहेको हुन्छन्। खाना बनाउँदा गन्ध, श्पर्श, दृष्टि र स्वाद थाहा पाउन मस्तिष्कका विभिन्न भाग सक्रिय बन्छन्। साथै खाना बनाउँदा स्मरण शक्ति समेत सक्रिय बन्ने मनोविद्हरूको भनाइ छ। फरक किसिमको खाना बनाउन सिक्दा स्मरण शक्ति अझै बलियो बन्ने गर्छ। 

३. नयाँ नयाँ सोख राखौं

नयाँ सिप र नयाँ नयाँ सोख पाल्नु भनेको दिमागलाई एक प्रकारले व्यायम नै हो। सिर्जनशील सोखहरू जस्तै, गीत गाउनु, गीत रचना गर्नु, नाच्नु, नयाँ नयाँ तरीकाले व्यायम, योग गर्दा मस्तिष्कका विभिन्न भागले काम पाउँछन्। अझ वाद्यबादन बजाउन सिक्नु भनेको मस्तिष्कको फरक किसिमको व्यायम हो। जो बच्चामा वाद्यबादनमा रुचि र सोख छ उसले अरु बालबालिकाले भन्दा फरक तरीकाले आवाजहरू सुन्ने विज्ञानले पुष्टि गरिसकेको छ। यसकारण तपाईहरू पनि आजैदेखि बुन्ने, गाउने, वाद्यबादन बजाउने, घुम्ने, सामाजिक सेवालगायत सोखको विकास गर्न सक्नुहुन्छ। जसले तपाईको मस्तिष्क सक्रिय मात्रै होइन समाजको पनि भलाइ हुन्छ। 

४. कोठेपद मिलाउने कोसिस गर्नुहोस्

खेल तथा पज्जल मिलाउँदा ज्ञानसँगै मस्तिष्क पनि तेज बन्छ। यसले भविष्यमा हुनसक्ने बिर्सने रोगलाई पनि नियन्त्रण गर्ने विज्ञहरूको भनाइ छ। यसकारण आजैदेखि पत्रपत्रिकामा आउने कोठेपद, पज्जलहरू मिलाउन कोसिस गर्नुहोस्। साथै सुकुडु, क्युव मिलाउने, चेस खेल्दा पनि मस्तिष्कको व्यायम हुन्छ।  

५. नयाँ भाषा सिक्नुहोस्

सुन्दा अच्चम लाग्न सक्छ नयाँ भाषा सिक्दैमा कसरी मस्तिष्कलाई व्यायम हुन्छ भनेर। तर, यो सत्य हो कि नयाँनयाँ भाषा सिक्दा मस्तिष्कमा उत्तेजना पैदा हुन्छ र मस्तिष्कमा रहेका सबै प्रकारका अवरोध खुल्न थाल्छन्। किनकी भाषा सिक्दा धेरै सुन्नु, पढ्नु र लेख्नु पर्छ। जसले मस्तिष्कमा उत्तेजना पैदा गर्छ। विज्ञहरूका अनुसार धेरै भाषा जान्ने मानिसमा अल्जाइमरको जोखिम समेत कम हुन्छ। कुनै नयाँ शब्द पहिचान र भण्डारण गर्न मस्तिष्क सक्रिय बन्ने गर्छ।    
 

प्रकाशित मिति: : 2021-12-07 16:03:00

प्रतिकृया दिनुहोस्