बीपी कोइरालाको आर्थिक विचारले बदलेको नेपाल

बाह्रखरी

विनोद चौधरी

नेपालमा धेरै राजनैतिक परिवर्तनहरु भए। २००७ सालदेखि आजका दिनसम्म आउँदा राजनीतिक रुपमा धेरै परिवर्तन भए।

जुन रुपमा राजनीतिक परिवर्तन भए तर त्यसअनुरुप आर्थिक मुद्दा भने अगाडि बढ्न सकेनन्। प्रजातन्त्रदेखि बहुदलीय गणतन्त्रात्मक राज्य स्थापना हुँदासम्म कुन रुपमा विकास भयो ?

बीपी कोइरालाले उतिबेला भनेका कुराहरु अहिले पनि सान्दर्भिक छन्। 

बीपीले भनेका छन्–राजनीति पेशा होइन, सेवा गर्ने माध्यम हो। हाल नेपालमा यस्तो किसिमको राजनीति छैन। बीपीको सिद्धान्तअन्तर्गत गरिखाने अभियान सञ्चालन भयो। 

यसलाई नेपाली कांग्रेसको आर्थिक दस्तावेजको रुपमा लिन्छौँ। गरिखाने अभियानको मर्म भनेको राजनीतिक कार्यकर्ता आफ्नो खुट्टामा उभिउन्, राजनीतिक प्रचारका लागि दुईलिटर तेल मोटरसाइकलमा हाल्न नपरोस् भन्ने हो। जबसम्म त्यस प्रकारका कार्यकर्ताहरु जन्मिदैनन् तबसम्म कार्यकर्ताहरुले सही नेताहरु जन्माउँदैनन्। यो एउटा समस्या आजसम्म पनि विद्यमान छ। बीपीले त्यही बेलामा परिकल्पना गरेका थिए।

बीपीले समाजवादलाई जनताहरुको आर्थिक उन्नतिसँग जोड्ने कुरा गरेका थिए। जुन आज भोगिरहेका छौँ। समाजवाद भनेको होचोलाई अग्लो बनाएर समाजवाद हुने कुरा होइन। सफललाई झन् सफल र असफललाई झन् असफल बनाउने वातावरण सिर्जना भएको छ, नेपालमा।

प्रकाशित मिति: : 2021-12-08 17:08:00

प्रतिकृया दिनुहोस्