सधैंभरि सत्ताकै सारथि

अनलाइनखबर

बिनु सुवेदी

२०३३ सालतिरको कुरा हो, कृष्णप्रसाद सिटौला झापा बिर्तामोडको एक सरकारी स्कूलमा विज्ञान विषय पढाउँथे । शिक्षण पेशामा आबद्ध हुँदा नै उनी पञ्चायतविरोधी गतिविधिमा पनि संलग्न भइसकेका थिए ।

स्कूलमा भेदभाव गरेको महसूस भएपछि सिटौलाले एकदिन प्रधानाध्यापकलाई कार्यकक्षमै थुने, त्यसपछि उनी झापाबाट काठमाडौं आए र बीएस्सी र बीएल पढ्न थाले । त्यसबेला सिटौलाको काठमाडौं बसाइ त्यति लामो भएन ।

२०३५ सालको अन्त्यतिर फेरि झापामै फर्किएर वकालत गर्न थाले । त्यसपछि झापामा उनको चर्चा चुलियो । त्यतिखेरका नेपाली कांग्रेस झापा जिल्ला सभापति सीके प्रसाईंको नजरमा परेपछि सिटौला पार्टीको झापा जिल्ला सदस्यमा मनोनीत भए, प्रवक्ताको जिम्मेवारी समेत पाए ।

समाजवादी चिन्तक प्रसाईं बीपी कोइरालाका निकटस्थ पनि थिए । २०३६ सालको जनमत संग्रहमा सिटौलाले खेलेको भूमिकाको सम्मान गर्दै प्रसाईंले उनलाई २०३७ सालमा झापा जिल्ला समितिको उपसभापति मनोनीत गरे । जिल्लाको राजनीतिमा सिटौलाको छलाङ अस्वाभाविक रुपमा भयो, २०३९ सालमा प्रसाईं अशक्त भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी सिटौलालाई सुम्पिए, उनी झन् बलियो बने ।

प्रकाशित मिति: : 2021-12-12 22:08:00

प्रतिकृया दिनुहोस्