ओटीटीमा एकसाथ अक्षय र सलमान खान

India Tv
India Tv

बलिउडका दुई सुपरस्टार अक्षय कुमार र सलमान खान कोरोना महामारीको प्रकोपअघि नै बक्स अफिसमा भिड्न तयार थिए।

जुन बेला अक्षय कुमार स्टारर ‘लक्ष्मी’ र सलमान खान स्टारर ‘राधे’ रिलिजको लागि तयार थियो। जुन फिल्म एकै दिन अर्थात् २२ मे २०२० मा रिलिज हुन लागेको थियो। यद्यपि, कोभिड महामारीपछि यी दुई ठूला बजेटका फिल्मको बक्स अफिस भिडन्त रोकिएको थियो।

अब भने यी दुई स्टारको फिल्म डिजिटल प्लेटफर्म ओटीटीमा एकैसाथ हुने भएको छ। अक्षय कुमार, धनुष र सारा अली खान अभिनित फिल्म ‘अतरंगी रे’ २४ डिसेम्बरमा डिज्नी हटस्टारमा रिलिज हुँदैछ। यता सलमान खानको फिल्म ‘अन्तिम–द फाइनल टुथ’ पनि यही मितिमा रिलिज हुँदैछ। सलमानका ज्वाई आयुष शर्मा र सलमान अभिनित यो फिल्म गत २६ नोभेम्बरमा थिएटरमा रिलिज भएको थियो।

नयाँ सम्झौताअनुसार अब थिएटरमा फिल्म रिलिजको २८ दिनभित्र ओटीटी प्लेटफर्ममा रिलिज गर्नुपर्छ। अक्षयको ‘सूर्यवंशी’ ५ नोभेम्बरमा रिलिज भएको थियो। यो फिल्म ३ डिसेम्बरमा नेटफ्लिक्समा आइसकेको छ।

सलमान र अक्षयको फिल्मको डिजिटल भिडन्तले बक्स अफिसमा खासै फरक नपार्ने व्यापार विश्लेषकहरूको बुझाई छ। किनकी यी फिल्महरू धेरै अगाडि रिलिज भइसकेका छन्। ओटीटीमा अक्षयको फिल्म नयाँ भएकाले यसको व्यापारमा केही असर पर्ने उनीहरूको भनाइ छ।

प्रकाशित मिति: : 2021-12-19 13:10:00

प्रतिकृया दिनुहोस्