बलिउडमा राज गर्ने यी तीन खान, को छन् त सबैभन्दा धनी? 

बलिउड ‘इन्डस्ट्री’ का अभिनेतालगायत अभिनेतृहरु नाम र पैसा कमाउने मामलामा निकै चर्चित छन्। तर यस इन्डस्ट्रीमा भने सलमान खान, शाहरुख खान र आमिर खानको राज चल्ने गर्छ। उनीहरुले अभिनय गरेको अधिकांश फिल्महरु भने सुपरहिट हुन गर्छ। यस तीन खानलाई केही चिजको कमी छैन्। उनीहरुसँग जति पनि सम्पति छ। तर के तपाईलाई यो कुरा थाहा छ, तीन खानमध्ये आखिर को छन् त सबैभन्दा धनी? 

शाहरुख खान
बलिउडका ‘किग खान’ अर्थात् शाहरुख खान। एक रिर्पोटका अनुसार शान्दार लाइफ स्टाइलमा बाच्ँने उनीसँग ४४४० करोड छ। उनको भारतलगायत दुबई र लण्डनमा पनि घर छ। उनको अलीबागमा ‘फार्महाउस’ छ। जसको मूल्य ६६० करोड पर्छ। उनको घर ‘मन्नत’ को मूल्य २०० करोडभन्दा माथि छ। उनी बलिउडका सबैभन्दा महँगो अभिनेतामध्ये एक हुन्। उनको आफ्नो फिल्म प्रोडक्शन हाउस पनि छ। यसबाहेक उनी विज्ञापन गरेको पनि महँगो पारिश्रामिक लिन्छन्। 

सलमान खान
बलिउडको भाइजान अर्थात् सलमान खान। उनले लाखौंको मदत गरेका छन्। रिर्पोटका अनुसार उनीसँग २१० मिलियन डलर अर्थात् १ हजार ४८० करोड बराबरको सम्पति छ। इन्डियाबाहेक उनको विदेशमा पनि घर छ। उनी फिल्मबाहेक विज्ञापन र टीवी शोबाट पनि वर्षमा करिब २५० देखि ३०० करोडसम्मको कमाइ गर्छन्। उनको कार कलेक्शन पनि धेरै छन्। जसको मूल्य २८ करोडसम्म पर्छ। 

Bollywood Hungama

आमिर खान
‘मिस्टर परफेक्ट’ अर्थात् आमिर खान। उनी फिल्ममा निकै सोचेर खेल्ने गर्छन्। जसकारण वर्षमा मात्र एक फिल्म खेल्ने गर्छन्। रिर्पोटका अनुसार उनीसँग १८० मिलियन डलर अर्थात् १ हजार २६० करोडको सम्पति छ। उनीसँग महाराष्ट्रमा करिब १५ करोडका बंगला छन्। उनीसँग भारतमा कूल २२ घर छन्। उनी फिल्मबाहेक खेत र बगैँचाबाट पनि ३० करोडसम्मको कमाई गर्छन्। उनको प्रोडक्शन हाउस पनि छ। उनले विज्ञापन गरेबापत पनि करोडौं लिने गर्छन्।

Bollywood Hungama

प्रकाशित मिति: : 2021-12-19 18:10:00

प्रतिकृया दिनुहोस्