क्रिसमसको पूर्वसन्ध्यामा रङ्गिएको काठमाण्डू [फोटो फिचर]

तेजन खड्का

काठमाडौं
Breaknlinks
Breaknlinks

क्रिसमसको पूर्वसन्ध्यामा राजधानी काठमाण्डू रङ्गिएकाे छ। नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले भाेलि क्रिसमस डे पर्व मनाउँदैछन्।

इसाई धर्मावलम्वीहरूको महान पर्व क्रिसमसको पूर्वसन्ध्यामा उपत्यकालगायत रमणीय–स्थलहरू काेराेना महामारीकै बीच मानिसहरूको भीड छ। एकअर्कासँग प्रेम, सद्भाव बाँड्दै इसाई धर्मावलम्वीहरूले क्रिसमस मनाइरहेका छन्।

क्रिसमसलाई इसाईहरूले मात्रै नभएर गैर–इसाईहरूलेसमेत मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउँछन्।

यशुको जन्मोत्सवको पारेर याे पर्व मनाइँदैआएको छ। हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीहरू पनि नेपालमा क्रिसमस मनाउन लागेका हुन्।

प्रकाशित मिति: : 2021-12-24 18:46:00

प्रतिकृया दिनुहोस्