जाडो मौसम सुरु भइसकेको छ। कोही जाडोमा रमाउँछन् भने कसैले गर्मी नै रुचाउने गर्छन्। तर जाडो महिनामा भने वृद्धा, बिरामी, दीर्घरोगीलगायत स्वस्थ मानिसलाईसमेत हुदयघात हुने सम्भावना बढी हुन्छ।
प्राकृतिक रुपमै जाडोमा चिसोले रक्तनली र शरीरमा सीधा प्रभाव पार्ने हुदाँ मुटुमा समस्या हुन सक्छ।
गर्मीको तुलनामा जाडो मौसममा ‘हार्ट अट्याक’ मात्र नभएर मुटुमा हुने विभिन्न रोगको जोखिम बढी हुने बताइएको छ।
त्यसैले मुटुरोगको जोखिमबाट बच्नका लगि सबैभन्दा पहिला जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी हुन्छ।