'कलाकारहरुको डिमान्ड सुनेर छक्क पर्छु'

India Today
India Today

 बलिउडका चिनेजानेका निर्देशक हुन्-करण जौहर। उनले निर्माण गर्न लागेको फिल्ममा जो कोही पनि खेल्न रुचाउँछन्। 

करणको धर्मा प्रोडक्शन भारतको टप फिल्म प्रोडक्सन कम्पनीमध्ये एक हो। यो ब्यानरले बनाउने प्रायः फिल्म बक्सअफिसमा सुपरहिट हुने गरेको छ।

कम्पनिले नयाँ कलाकारदेखि निर्देशकसम्म जन्माउने गरेको छ। एउटा फिल्म हिट भएपछि नयाँ/पुराना सबै कलाकारको पारिश्रमिक छोइनसक्नु हुने उनको भनाई छ। 

अनुपमा चोपडासँग एक अन्तर्वार्ताको क्रममा करणले भने, ‘ठूला स्टारले मात्र होइन, नयाँ कलाकारले पनि एउटा फिल्मका लागि २५/३० करोड माग्छन्। म दिक्कै भइसकेँ।’ 

 

प्रकाशित मिति: : 2021-12-29 12:31:00

प्रतिकृया दिनुहोस्