पाँच कारणले रणवीर सिंहको ‘८३’ असफल

File Photo
File Photo

सन् १९८३ मा भारतले क्रिकेट विश्वकप जितेर इतिहास रच्यो। यो कथालाई निर्देशक कबीर खानले निकै मेहनतका साथ फिल्म ‘८३’ मा उतारे।

फिल्ममा कपिल देवको भूमिकामा रणवीर सिंह देखिएका छन्, जुन भूमिकालाई दर्शक र समीक्षकले सराहना गरेका छन्। फिल्मले बक्स अफिसमा ‘चौका’ र ‘छक्का’ हान्ने अनुमान गरेका थिए, तर त्यसो हुन सकेन। ओमिक्रोनको फैलँदो संक्रमण, हलिउड र साउथ फिल्मको एकसाथ प्रदर्शनलगायतका कारणले ‘८३’लाई निकै असर पर्यो। खासगरी पाँच कारणले यो फिल्म बक्स अफिसमा असफल रह्यो।

पहिलो कारण हो, फिल्मको गीत। फिल्ममा कैयौं गीत छन्, जुन गीतले दर्शकलाई छुन सकेन। फिल्म रिलिज हुनुअघि ‘लहरा दो’ गीत रिलिज गरिएको थियो, जुन गीतलाई दर्शकले खासै चासो दिएनन्। बलिउडमा फिल्मका गीतलाई फिल्मको ‘मुटु’ मानिन्छ। तर ‘८३’को हकमा यसका गीतले दर्शकलाई हलसम्म तान्न सकेन।

दोस्रो कारण हो, ओमिक्रोनको भय। अहिलेसम्म मानिसहरुको मनमा कोरोनाको डर हटेको छैन। त्यही समयमा यसको नयाँ भेरिएन्ट ओमिक्रोन आएपछि मानिसलाई झन् त्रसित बनाएको छ। यही कारण पनि दर्शकहरु थिएटरसम्म जान डराइरहेका छन्।

तेस्रो कारणको रुपमा हलिउड र साउथ फिल्मको रिलिजलाई मानिएको छ। हलिउड फिल्म ‘स्पाइडर मेन नो वे होम’ र साउथ फिल्म ‘पुष्प’ रणवीरको फिल्म ‘८३’ रिलिज हुनु एक हप्ताअघि नै प्रदर्शन भएको थियो। दर्शकमा यी दुई फिल्मको प्रभाव यति धेरै पर्यो कि उनीहरुले ‘८३’ लाई नै बिर्सिए। यी दुई फिल्मले बक्स अफिसमा ‘८३’लाई निकै पछाडि छोडेको छ। जुन क्रम अहिले पनि जारी छ।

चौथो कारण कलाकारको मेकअपलाई मानिएको छ। फिल्ममा रणवीरको मेकअपमा कुनै कसर बाँकी राखिएको छैन। उनी दुरुस्तै कपिल देवजस्ता देखिएका छन्। तर फिल्मका अन्य कलाकारको मेकअपमा भने रणवीरको जस्तो ध्यान दिइएको छैन। क्रिकेटप्रेमीका लागि यो खल्लो साबित भएको छ भने दर्शकले पनि यो विषयमा ध्यान दिएका छन्।

पाँचौ कारण यो फिल्मप्रति दर्शकको अलग अलग बुझाई छ। फिल्मले प्रदर्शनको चार दिनमा मुस्किलले ५४ दशमलब २९ करोडको कमाई गरेर हाफ सेञ्चुरी पार गरेको छ।

प्रकाशित मिति: : 2021-12-29 13:38:00

प्रतिकृया दिनुहोस्