बिग बोस–१५ मा नयाँ ट्विस्ट, कस्ले जित्ला ‘टिकट टू फिनाले’ टास्क

बलिउड अभिनेता सलमान खानको विवादित रियालिटी शो ‘बिग बोस–१५’ अन्तिम चरणमा पुगेको छ।

यसैबीच शोका सदस्यलाई केही चिज देखिएको थियो। शोमा केही नयाँ कुरा देख्न पाइएको छ। त्यसैगरी मेकर्शले समेत सदस्यहरुका लागि अनेक कुरा गरिरहेको छ।

गत रातको एपिसोडमा ‘नोमिनेशन टास्क’ देखाइएको छ। ‘टिकट टू फिनाले’ टास्कलाई रद्द गरेका कारण घरका सदस्यहरुलाई बिग बोसले गाली समेत गरेका थिए। अब बिग बोसले नयाँ ट्वीस्ट ल्याएका छन्।

शोका नोमिनेट सदस्यहरुले ‘टिकट टू फिनाले’ जित्नका लागि नभई शोमा रहनका लागि खेल्नुपर्ने छ। बिग बोसका अनुसार जसले नोमिनेशन टास्क जित्छन् उसैले अन्य सदस्यहरुलाई शोबाट निकाल्न सक्छन्।

नोमिनेशन सदस्यहरुमा रश्मी देसाई, करण कुन्द्रा, तेजस्वी प्रकाश, उमर रियाज र अभिजित बिचुक्ले रहेका छन्। राखी सावंत ‘टिकट टू फिनाले’ जितेर ‘ट्रफी’ जित्नका लागि हकदार भइसकेकी छिन् भने शमिता शट्टी, निशान्त भट्ट, प्रतीक सहजपाल र देवलिना भट्टचार भने ‘टिकट टू फिनाले’ जित्ने दाउमा छन्।

प्रकाशित मिति: : 2021-12-30 12:52:00

प्रतिकृया दिनुहोस्