सन् २०२१ मा जाेडिएका चर्चित बलिउड जोडीहरू 

अंग्रेजी नयाँ वर्ष २०२२ घरदैलाेमा भित्रिसकेको छ। नयाँ वर्ष मनाउन मानिसहरू उत्साहित छन्। जहाँ साधारणदेखि कलाकारसम्म रमाउनकै लागि आतुर छन्। तर बलिउडमा केही त्यस्ता अभिनेता र अभिनेतृहरू छन् जसका लागि नयाँ वर्ष खास हुनेछन्।

बलिउडका ती कलाकारहरू जसले २०२१ वर्षमा आफ्नो सपनालाई पूरा गर्ने सोच बनाए। र, आफ्नो लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिवर्तन गरे। 

सन् २०२१ मा जाेडिएका चर्चित बलिउड जोडीहरू


विक्की कौशल र कैटरीना कैफ

बलिउड अभिनेता विक्की कौशल र अभिनेतृ कैटरीना कैफ विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबड २०२१, डिसेम्बर–९ मा विवाह गरेका हुन्। उनीहरु  ‘हनीमून’ मनाउन ‘माल्दिभ्स’ गएका थिए। 

ABP News

बरुण धवाल र नताशा विवाह

बलिउड नायक वरुण धवन र फेसन डिजाइनर नताशा दलाल विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले २०२१, जनवरी–२० मा विवाह गरेका हुन्। उनीहरुको विवाह मण्डपमा क्यामरा र मिडियामाथि कडा प्रतिबन्ध लगाइएको थियो। 

The India Express

दीया मिर्जा र वैभव रेखी

बलिउडकी चर्चित अभिनेत्री दीया मिर्जाले विवाह गरेकी छन्। उनले २०२१, फ्रेवरी–१५ मा व्यापारी वैभव रेखीसँग विवाह गरेकी हुन्। उनले आफ्नो पहिलो पति फिल्म निर्माता साहिल संघालाई ‘डिभोर्स’ दिएपछि वैभवसँग विवाह गरेकी हुन्। उनको पहिलो पतिसँग २०१४ मा विवाह गरेर २०१९ मा छुट्टिएकी थिइन्। 

The India Express

राजकुमार राव र पत्र लेखा

अभिनेता राजकुमारले प्रेमिका पत्र लेखासँग विवाह गरेका छन्। उनले २०२१, नोवेम्बर–१५ मा आफ्नो छ वर्ष लामो प्रेम सम्बन्ध विवाहमा बदलेका हुन्। उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै विवाशको जानकारी दिएका थिए। 

The Hindustan Times

यामी गौतम र आदित्य धर

अभिनेतृ यामी गौतमले निर्देशक आदित्य धरसँग विवाह गरेका छन्। उनीहरुले २०२१, जुन–४ मा विवाह गरेका हुन्। उनले लुकीछुपी आदित्यसँग विवाह गरेकी थिइन्। 

DNA India

रिया कपूर र करण बूलानी 

बलिउडकी फिल्म निर्माता तथा अभिनेता अनील कपूरकी छोरी रिया कपूरले विवाह गरेकी छन्। उनले आफ्नो प्रेमी करण बूलानीसँग २०२१, अगस्त–१४ मा विवाह गरेकी हुन्। 

Jagran.com

अकिंता लोखन्डे र विक्की जैन

भारतीय चर्चित सिरियल ‘पबित्रा रिश्ता’ की अभिनेतृ अकिंता लोखन्डेले विवाह गरेकी छन्। उनले २०२१, डिसेम्बर–१४ मा प्रेमी विक्की जैनसँग मुम्बईमा विवाह गरेकी हुन्। उनको विवाहमा नजिकका नातेदारलगायत साथीहरुको उपस्थिती रहेको थियो। 

Times of India

श्रद्धा अर्या र राहुल शर्मा

चर्चित भारतीय टेलिसिरियल ‘कुण्डली भाग्य’ की प्रिता अर्थात् श्रद्धा आर्याले २०२१, नोबेम्बर–१६ मा विवाह गरिन्। उनले जलसेनाका अफिसर राहुल शर्मासँग विवाह गरेकी हुन्।  

ABP News

प्रकाशित मिति: : 2021-12-31 18:20:00

प्रतिकृया दिनुहोस्