स्टेजमै कुटिए चर्चित गायक राजेश पायल राई [भिडियाेसहित]

तेजन खड्का

काठमाडौं

‘राई इज किंग’ भनेर चिनिने चर्चित गायक राजेश राई स्टेजमै कुटिएका छन्।

न्यूयोर्कमा आयोजित ‘न्यू ईयर ईभ २०२२’ को सांगितिक कार्यक्रममा उनी कुटिएका हुन्।

स्टेजमा गीत गाइरहेको बेला छेउतिरबाट विस्तारै आएका एक दर्शकले घाँटी समातेर उनीमाथि कुटपिट गरेका थिए।  

स्रोतकाअनुसार गायक राईलाई स्टेजमा कुट्ने ती दर्शक रक्सीले मातिएर बेलाबेला हाे–हल्ला गरिरहेका थिए। आयोजक समितिका सदस्यहरू उभिरहेको कुनाबाट स्टेजमा चढेर ती व्यक्तिले राईलाई पिटेको एक दर्शकले बताएका छन्। त्यसपछि आयोजक र दर्शकले राईलाई स्टजमै पुगेर थप कुटिनबाट जोगाएका थिए।

‘अन्जानीमा भूल भयो कि’ गीत गाइरहेका बेला राईमाथि रक्सी पिएका एकदर्शकले स्टेजमा उक्लिएर हातपात गरेको आयोजक समितिका एक सदस्यले जनाएका छन्।

लगतै राईका सकर्थकहरूले ‘ओए... को–हो–यो मान्छे? त्यसलाई मार.. मार त्यसलाई मार’ भनेको भिडियोमा प्रष्टै सुनिन्छ।अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

राईले  कार्यक्रममा लफडा भएपनि कार्यक्रमको अन्तिम समयसम्म गीत गाएर भरपुर मनोरञ्जन दिलाए। आफूमाथि हातपात भएपछि गायक राईले भने, ‘अगाडिबाट आएको म ज्वालामुखी पनि निल्छु, पचाउँछु जस्तो लाग्छ। तर मलाई पछाडिबाट आएको अंगालो झनै स्वीकार्य छ। राजेश पायल राई न कैले हार्न जान्दछ न कहिले न कहिले भाग्न जान्दछ।’

सामाजिक सञ्जालमा उनले यो बिषयमा बोलेका छैनन्। बरु उनले टोपी दिवसको शुभकामना दिएर पोस्ट गरेको फोटोमा लफडाबारे धेरैले जिज्ञासा राख्दै कारवाहीको माग गरेका छन्।

डिएम राईले कमेन्ट गर्दै भनेका छन्, आयोजक कमिटीलाई नै कानुन को दायरामा ल्याउनु जरूरी छ। यति सुरक्षा दिन नसक्नेले किन कलाकार स्टेजमा उतार्नु ? फेरि त्यति सुस्त हिंडिराख्दा पनि किन कोही समाउन नगाको? कि यो पूर्वनियोजित नै थियो? हरेक कोणबाट हेर्नु जरूरी छ?’

कतियपले राजेश पायल राईको शालिनतालाई भने प्रशंसा गरेका छन्।

प्रकाशित मिति: : 2022-01-01 17:50:00

प्रतिकृया दिनुहोस्

    अमेरिका मा बस्ने सबै नेपाली पानी मरुवा रहेछन!यस्तो कलाकार लाई हातपात गर्दा के हेरेर बसेका होलान !कलाकार भनेको राष्टका गहना हुन /यदि यस्तो हर्कत यदि कलाकार माथि हुन्छ भने हेरेर बसिन्न यसको कि त स्वार्गको बाटो कि त ढाड करंग मज्जाले गनिने थियो/यो अपमान भनेको राजेश रायल राईको होइन/समग्र राष्टको अपमान हो हामी सबै नेपालीको हो/

    • 2 बर्ष अगाडि
    • Tara subba