कृषि पेशामा निराशा : गोठदेखि ओठसम्म किसान रुवाउँदै सरकार

अनलाइनखबर

काठमाडौँ

नेपालमा आलु बाली विकासको लागि सरकारले काम थालेको ४९ वर्ष भयो। २०२९ सालमा शुुरू भएको ‘राष्ट्रिय आलु बाली विकास कार्यक्रम’ अहिले पनि चालु छ। ‘कृषकको आय आर्जनका साथै मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउने’ कार्यक्रमको उद्देश्य थियो।

तर, आलु बाली विकास कार्यक्रम चलेको पाँच दशक बित्दा चालु आर्थिक वर्षको मंसीरसम्मको पाँच महीनामा मात्रै नेपालले भारत र बंगलादेशबाट रु.५ अर्ब २७ करोडको आलु किन्यो। भन्सार विभागले गत साता सार्वजनिक गरेको पाँच महीनाको वैदेशिक व्यापार विवरण अनुसार नेपालले प्रति महीना औसत रु.१ अर्ब ७१ करोड बराबरको तरकारी मात्रै किनिरहेको छ।

२०७८ मंसीर अन्तिम साता कृषिजन्य वस्तुको आयात-निर्यातबारे राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार, धान, चामल, मकै, तरकारी, फलफूल जस्ता कृषि उपज खरीदमा नेपालले पछिल्ला वर्षहरूमा वाषिर्क रु.२ खर्बभन्दा धेरै खर्च गरिरहेको छ।

प्रकाशित मिति: : 2022-01-03 10:44:00

प्रतिकृया दिनुहोस्