जब बलिउडका खानहरुबीच झगडा भयो... 

Times of india
Times of india

बलिउडमा एकापसका झगडा कारण कलाकारहरु चर्चामा आउने गर्छन्। जसमा समावेश थिए, सलमान खान र शाहरुख खान।

कुनै समय यी खानहरु निकै मिल्ने साथी थियो। तर २००८ मा दुईबीच झगडा भयो। जसकारण उनीहरुको मित्रता नै टुट्यो। भलै अहिले उनीहरुबीच नजिक बढेको छ। उनीहरु बलिउडका ती अभिनेतामध्येका एक हुन्। जसको चर्चा हुने गरेको छ।

पछिल्लो समय शाहरुखका छोरा आर्यन खान ड्रग्स केसमा समातिए। त्यसबेला सलमान एक व्यक्ति थिए, जो शाहरुखका साथ थिए। तर एक समय त्यस्तो पनि थियो, उनीहरु एकअर्कालाई हेर्न चाहदैनन् थिए।

उनीहरुको झगडाको खबर २००२ मा नै आएको थियो। जब सलमान ऐश्वर्यासँग प्रेम सम्बन्धमा थिए। खबरका अनुसार शाहरुख ‘चलतेचलते’ फिल्मको श्टिङमा कुरा गर्न पुगेका थिए। जहाँ उनले झगडा गर। जसकारण ऐश्वर्या फिल्म छोडेर गइन्।

त्यसपछि खानहरुबीच तितोपना उत्पन्न हुँदै गयो। तर २००८ मा झगडा बढ्यो। जब कैटरीना कैफले शाहरुखलाई आफ्नो जन्मदिनमा बोलाइन्। सलमानले शाहरुखलाई पार्टीमा जिस्काउन थाले। जसकारण उनीहरुबीच हात हालाहाल नै भयो।

त्यस भगडापछि उनीहरुले एकअर्कासँग कुरा नै गर्न छाडे। तर २०१३ मा सिद्दीकीको पार्टीमा उनीहरुको झगडा नै सकियो। कुराकानी हुन थाल्यो। उनीहरुबीचको झगडाको कारण भने अझैसम्म खुल्न सकेको छैन्।

२०१६ मा स्टार स्क्रीन अर्वाडका क्रममा सबैको अगाडि उनीहरुले झगडाको कारण खुलाए।

First Post

उनीहरुले एकअर्कासँग स्टेजमा झगडाको कारण बताउँदै शाहरुखले जिस्काउदै भने, ‘आजसम्म कसैलाई थाहा छैन् सलमान र मेरो झगडा किन थियो। हाम्रो झगडा निकै सानो कुरामा भएको थियो, हामी दईजनाबीच सबै भन्दा खुशी को छन्? शाहरुखले अगाडि भने, ‘मैले सलमानसँग भनेको थिए, जब म काम गरेर घर जान्छु तब मलाई निकै खुशी लाग्छ, किनकी घरमा मेरो पत्नि छिन्, जो मेरो पर्खाइमा हुन्छिन् र मेरो प्यारी छोरी छिन्, जो मलाई पर्खिरहेकी हुन्छिन् र म गएपछि मेरो काखमा आउँछिन्। यो कुरामा मलाई सलमानले भनेका थिए–उनी मभन्दा पनि धेरै खुशी छन्। किनकी घर गएपछि पत्निलाई हेर्न पर्दैन, किनकी धेरै केटीहरु छन् जो उनको काखमा आएर बस्छन्। जसकारण मलाई खुशी मिल्छ।’ सलमानले यस जवाफमा भने, ‘खासमा शाहरुख मसँग विवाह गर्न मनाइरहेका थिए र यसैकारण हामीबीच झगडा भयो।’

NDTV.com

India.com

Hindustan Times

प्रकाशित मिति: : 2022-01-03 18:00:00

प्रतिकृया दिनुहोस्