लागूऔषधसहित एक जना पक्राउ

Symbolic photo
Symbolic photo

प्रतिबन्धित लागूऔषधसहित महोत्तरीमा आज एक जना पक्राउ परेका छन्।

प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा महोत्तरी बर्दिबास-१ बस्ने ४३ वर्षीय मोहन न्यौपानेलाई पक्राउ परेका हुन्।

चेकजाँच गर्ने क्रममा न्यौपानेको साथबाट स्पास्मो प्रोक्सिभन लेखिएको ३ पत्तामा २४ पिस र नाइट्रोभेट-१० लेखिएको १ पत्तामा १५ पिस प्रतिबन्धित लागूऔषध बरामत गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए। विशाल बस्नेत

प्रकाशित मिति: : 2022-01-03 19:10:00

प्रतिकृया दिनुहोस्