माओवादी कोल्याप्स भइसक्यो, माधव नेपालको कुरै नगरौंः पीएस

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरूङ (पीएस)ले मुलुकको समृद्धिमा अवरोध भएको बताएका छन्। गठबन्धन सरकारका कारण समृद्धिको महाअभियानमा अवरोध पुगेको उनकाे भनाइ छ।

प्रेस चौतारी नेपाल झापाको नवाैं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुरूङले एमाले सरकारले शुरू गरेको समृद्धि अभियानमा अवरोध पुगेको बताएका हुन्।

पश्चगामी गठबन्धनका कारण विकास निर्माण अवरोध भएको भन्दै त्यसका विरूद्धमा कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन्। उनले समृद्धिको महाअधियान सञ्चालन गर्ने एमाले सरकारलाई प्रतिगामी देख्नेहरू दलाली भएको आरोप लगाएका छन्। नेता गुरूङले पत्रकारले समेत राष्ट्रियताको सवालमा अडिक एमालेलाई प्रतिगमन भनेको दुखेकाे गरे।

विश्व राजनीति धुर्वीय शक्तिका रूपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिँदै गएकाले अब समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्ने उनको जिकिर छ।

सत्य र तथ्यलाई सूचनाका रूपमा जनता माझ पु-याउने काम पत्रकारको भएको भन्दै उनले विकास निर्माण विरोधी गठबन्धनलाई खवरदारी गर्न आग्रह गरे। ‘माओवादी कोल्याप्स भइसक्यो, माधव नेपालहरूको कुरै नगरौं,’ नेता गुरूङले भने, ‘माधव नेपालहरूसँग के विचार छ? के सिद्धान्त छ?’

प्रकाशित मिति: : 2022-01-03 22:49:00

प्रतिकृया दिनुहोस्