इलाम-२ उपनिर्वाचनः सुहाङ नेम्वाङ विजयी

इलाम क्षेत्र नम्बर-२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्।

निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डम्बर बहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गर्दै सुहाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

अन्तिम मत परिणामअनुसार नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरेका छन्। निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ ह्जार ९ सय ४२ मत प्राप्त गरेका छन्।
 

प्रकाशित मिति: : 2024-04-30 06:09:00

प्रतिकृया दिनुहोस्