इलाममा घन्टीकाे जमानत जफत

इलाम-२ काे उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसहित १६ जनाको धरौटी जफत भएको छ।

रास्वपा उम्मेदवार मिलन लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई र राप्रपा उम्मेदवार लक्ष्मी गुरुङसहित १६ जनाको धरौटी जफत भएको अधिकारीहरूले जनाएका छन्।

एमालेका उम्मेदवार सुहाङ नेम्बाङ २७ हजार ७ सय ७२ मतसहित विजयी भए। त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याए। 

त्यस्तै तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ११ हजार ४ सय ५७ मत ल्याए। यी तीनबाहेक सबै उम्मेदवारको धरौटी जफत भएको हो।

प्रकाशित मिति: : 2024-04-30 06:22:00

प्रतिकृया दिनुहोस्