इतिहासः बर्माको स्वतन्त्रतादेखि सर आइजेक न्युटनको जन्म

आज ४ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

दुबईको सबैभन्दा अग्लो महल

सन् २०१० मा दुबईको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा सर्वसाधारणका लागि खुला गरिएको थियो। ८२९ दशमलब ८ मिटर (२७२२ फिट) उचाई रहेको सो भवन विश्वकै सबैभन्दा अग्लो महल हो।

रसियाको कृत्रिम स्याटलाइट

सन् १९५८ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको कृत्रिम स्याटलाइट स्पुतनिक १ पृथ्वीमा खसेको थियो। सोभियत युनियन अन्तरिक्षमा कृत्रिम स्याटलाईट पठाउने विश्वकै पहिलो देश हो।

बर्माको स्वतन्त्रता

सन् १९४८ मा बर्माले बेलायतबाट स्वतन्त्रता पाएको थियो। बर्मा सन् १८८६ को १ जनवरीदेखि बेलायतको अधिनमा थियो।

अमेरिकाको ४५ औं राज्य

सन् १८९६ मा उताह अमेरिकाको ४५ औं राज्य बनेको थियो।

अमेरिकाको पहिलो महिला सभामुख

सन् २००७ मा अमेरिकी राजानीतिज्ञ नेन्सी पेलोसी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सभामुख बनेकी थिइन्। नेन्सी अमेरिकी इतिहासमै पहिलो सभामुख हुन्।

सर आइजेक न्युटनको जन्म

सन् १६४३ को ४ जनवरीमा भौतिकशास्त्री तथा गणितका पिता सर आइजेक न्युटनको लन्डनमा जन्म भएको थियो। उनको सन् १७२७ को ३१ मार्चमा मृत्यु भएको थियो। 

प्रकाशित मिति: : 2022-01-04 06:52:00

प्रतिकृया दिनुहोस्