२४ घण्टाभित्र भिडियो हटाउन ‘सिधाकुरा’लाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सिधाकुरा डटकमलाई अदालतको अवहेलना हुने गरी बनाएको समाचार २४ घण्टाभित्र हटाउन र प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउन आदेश दिएको छ। 

स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो उत्पादन तथा प्रसारण गरिएकोविरुद्ध आइतबार अदालतमा मुद्धा परेको थियो। 

उक्त मुद्धाको न्यायाधीश नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सुनाइ गर्दै समाचार हटाउन र बयानका लागि बोलाउन आदेश दिएको हो। 

जानाजान झूटा सामग्री उत्पादन तथा प्रसारण गरेकाले हदैसम्मको कारबाही गर्न र फौजदारी कसुरमा समेत अनुसन्धान गराउन अदालतमा दायर गरिएको मुद्धामा माग गरिएको थियो।

शुक्रबार सिधाकुरा डटकममा EXCLUSIVE: ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो। 

जसमा ‘स्टीङ अपरेशन’ नाम दिइएको एक अडियो कुराकानीलाई आधार बनाएर समाचार बनाइएको थियो। उक्त समाचारको प्रेस काउन्सिल, नेपाल बारलगायत संस्थाले निन्दा गरेका थिए। 

अदालतको आदेशसँगै सिधाकुराले सबै समाचार हटाइसकेकाे छ। 

प्रकाशित मिति: : 2024-04-29 18:29:00

प्रतिकृया दिनुहोस्