वैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्यु

अग्नि साइर कृष्णा सवरण गाउँपालिका-६ का एक युवकको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा नौ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका ४७ वर्षीय शुकदेव चौधरी रहेका छन्।

एक महिनाअघि दुबईमा मृत्यु भएका चौधरीको शव सोमबार घर ल्याइएको छ। आगामी फागुनमा उनका छोराको विवाह तय भएको थियो । छोराको विवाहमा चौधरी घर आउने तयारीमा थिए। तर, उनको मंसिरमा दुबईमै ज्यान गएको थियो।  उनका दुई छोरा र पत्नी छन्। सुधा देव

प्रकाशित मिति: : 2022-01-05 19:13:00

प्रतिकृया दिनुहोस्