अष्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्चअन्तर्गत भिक्टोरिया राज्य समितिको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनले तिलकप्रसाद उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट डिबि थापा उपाध्यक्ष्यमा चयन भएका छन् भने सचिवमा श्याम पौडेल चयन भएका छन्।
सह-सचिवमा हिक्मत रानमगर चयन भएका छन् भने मनोज पौडेल कोषाध्यक्ष्यसहितको १९ सदस्यीय टिम घोषणा गरिएको छ।
विभिन्न राज्यका अधिवेशन सकेर नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको केन्द्रीय अधिवेशन गर्न लागिएको मञ्चका केन्द्रीय उपाध्यक्ष लोक राज पौडेलले जानकारी दिए।