घरको ढोका फोडी क्यामेरा चोर्ने पक्राउ 

बर्दियामा क्यामेरा चोर्ने दुई जना पक्राउ परेका छन्। 

कोही नभएको समयमा घरको ढोका फोडी क्यामेरा लगायतको समान चोर्ने बर्दिया बाँसगढी नगरपालिका ८ ककौरा बस्ने १९ वर्षका दिपेश पौडेल र बाँसगढी नगरपालिका ४ बस्ने  १९वर्षका निरज कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। 

यी दुई जनाले बढैयाताल गाउँपालिका ७ तिलकानास्थित कमल नाथ सुबेदीको घरमा कोही नभएको अवस्थामा घरको ढोका फोडी  क्यामेरा, मोबाईलहरु र नगद रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेमबहादुर शाहीले जानकारी दिए। उनीहरुले मंगलबार २० गते घरबाट सामान चोरी गरेका थिए । 

चोरीको खबर पाएपछि उनीहरुलाई ईलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले खोजतलास गर्नै क्रममा  बढैयाताल गाउँपालिका ७ बाट बुधबार पक्राउ गरेको थियो। 

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले क्यानोन ७०० डि लेखिएको क्यामेरा एक थान, क्यामेरामा लाग्ने दुई थान लेन्स, एक थान मोबाइल र क्यामेराको झोला र व्याट्री पनि बरामद गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी शाहीले बताए।

प्रकाशित मिति: : 2022-01-07 21:29:00

प्रतिकृया दिनुहोस्