नोवेल मेडिकल कलेजमा तनावग्रस्त, केही विद्यार्थी घाइते

एमबीबीएस अध्ययनका लागि अतिरिक्त शुल्कतिर्न दबाब दिएको विराटनगरस्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पताल तनावग्रस्त बनेको छ।

आइतबार बिहान ११ बजे चिकित्सा शिक्षा संघर्ष समिति तथा केही विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु अनसनका लागि नोवेलमा पुगेका थिए। तर उनीहरुमाथि कलेजका कर्मचारी र सुरक्षा गार्डको आक्रमणबाट केही विद्यार्थी नेता घाइते भएका छन्।

आन्दोलनमा उत्रिएका अनेरास्ववियुका नेता नविन पहाडीका अनुसार नोवलेकै सुरक्षा गार्डले विद्यार्थीको टाउकोमा लाठी प्रहार गरेपछि स्थिति तनाव ग्रत बनेको हो । विद्यार्थीमाथि आक्रमण भएपछि उनीहरुले नोवेलमा तोडफोड गरेका हुन्।

हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौँ, पहाडीले भने, 'प्रशासनले विभिन्न माफिया विचौलियाहरुलाई घुसपेट गरी आन्दोलन विथोल्ने प्रयास भइरहेको छ ।'

 

प्रकाशित मिति: : 2022-01-09 12:48:00

प्रतिकृया दिनुहोस्