प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

File Photo
File Photo

प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ। पछिल्लो पटक पुस  २८ गतेका लागि डाकिएको बैठक पनि सूचना जारी गरेर स्थगित गरिएको छ।

संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८ गते बुधबारका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै  माघ ३ गतेका लागि सारेको जानकारी दिइएको छ।

‘मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल माघ ३ गते सोमबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ। 

प्रकाशित मिति: : 2022-01-10 14:54:00

प्रतिकृया दिनुहोस्