लिम्बु समुदायमा आज कक्फेक्वा तङनाम मनाइँदै

पूर्वीनेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको  आज कक्फेक्वा तङनाम अर्थात (माघे संंक्रान्ती ) मनाइँदै छ।

कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पर्व आज धूमधामका साथ लिम्बु समुदायले मनाइरहेका हुन्।

आज नयाँ सम्वतको रुपमा मनाइने येले तङवे अर्थात (नयाँ वर्ष ) सुरुवात हुन्छ। चाँप,पैयुँ लगायतका वनस्पती फुलेपछी वसन्त सुरुको आगमनको संकेत गर्छ।

यो दिनलाई लिम्बु समुदायले माछामासु भन्दा पनि कन्दमुल खाएर मनाउने प्रचलन रहँदै आएको आदिवासी जनजाती संंघका कन्द्रीय अध्यक्ष टीआर सेनेहाङले बताए।

तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पान्थर, ईलाम, झापा, मोरङ, सुनसरी लगायत राजधानी तथा विभिन्न मुलुकमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति: : 2022-01-15 08:53:00

प्रतिकृया दिनुहोस्