मधुमल्लामा क्याम्पस सञ्चालनबारे अन्तरक्रिया

Breaknlinks
Breaknlinks

मोरङको मिक्लाजुङ गाउँपालिकामा मिक्लाजुङ क्याम्पस संचालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मोरङ क्षेत्र नं १ का  संसद घनश्याम खतिवडाको पहलमा  पुर्वाञ्चाल विश्व विद्यालयका उपकुलपति यादप प्रसाद कोइराला, डिनदेवी प्रसाद भट्टराई र रजिष्टार निलमणी पोख्रेल सहितको टोलीले मिक्लाजुङ क्याम्पस संचालनका लागि भौत्तिक संरचनाहरुको निरीक्षण साथै  अन्तरक्रिया कार्यक्रम गरेको हो।

कार्यक्रममा मिक्लाजुङमा डिप्लोमा तह संचालनको आवश्कता र संचालनका लागि आवश्यक समन्वयको बारेमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले प्रष्ट पारे। मनोहर जनता माविमा निर्मित संरचना र क्याम्पस संचालन उपयुक्त भएको छलफलको निस्कर्ष छ। साथै मिक्लाजुङ क्याम्पस संचालन समितिले हाल सम्म गरेका कार्यहरुको बारे जानकारी लिएका उपकुलपति कोइरालले डिप्लोमा तह संचालनको सम्भावना  रहेको र  त्यसका लागी आवश्यक प्रक्रिया अगाडी बढाउन  क्याम्पस संचालक  समितिलाई सुझाब दिए।

मिक्लाजुङमा तत्काल शिक्षा र व्यवस्थापनमा डिप्लोमाा तह संचालन गरी आवश्कताका आधारमा थप प्राविधिकधार संचालनमा अघि बढनु पर्ने सुझाब संघिय साँसद घनश्याम खतिवडाले दिएका थिए।

अन्तरक्रिया कार्यक्रममा उर्लाबारी क्यामपस अध्यक्ष पुष्प ढकाल, मिक्लाजुङका सरोकारवाला तथा समाजसेवीहरु जंग खत्री, प्रवेश कुवँर, डिल्ली प्रसाद खतिवडा,मेघनाथ घिमिरे, नरेन्द्र प्रसाद ढुङ्गेल,  वडाध्यक्षहरु मिक्लाजुङ वडा नं  ८ का वडाध्यक्ष नगिन्द्र कार्की (नविन) वडा नं ६ का वडाध्यक्ष बुद्धीलाल निरौला, वडा नं ४ का वडाध्यक्ष बुद्धीमान इम्सोङ शिक्षकहरु पुष्प अधिकारी र तिर्थराज आचार्य सञ्चारकर्मी सन्तोष गौतम , घनश्याम भण्डारी  लगायत   छलफलमा सहभागी भएका थिए।

प्रकाशित मिति: : 2022-01-16 21:13:00

प्रतिकृया दिनुहोस्