परिबन्द

मेरी दिदी बिहाबारी
आमा एक्लै घर  
बाबा पैले बिति गए 

म परदेशतिर 

पुछिएको भाग्य बरै 
गरिबको कर्म 
विदेशमा म थला परेँ 
कसलाई पोखुँ मर्म 

परेवाको टिकटिक
गौथलीको घर 
रातो भाले डाक हान्दाे हो 
काग पर्खि हेर्दी होलिन् 
समाचारको घर 

आमा कति डाको छोड्लिन् 
सम्झिएर मलाई 
म विदेशमा भाग्य लेख्दै 
सम्झिएर घर 

मेरा साथी स्कूलका 
कहाँ पुगे होलान्
९ कलासकी साथी मेरी 
गाउँ छोडी होलिन् 

सम्झनाको चित्र मेरो 
सधैं मनभरि 
मेरो सानो गाउँ मुटु 
घुम्छ वरिपरि 

परिबन्द फेर्दाफेर्दै 
नासिने पो हुँ कि 
फर्किन्छु म भन्दाभन्दै 
बिर्सिने पो हुँ कि 

नरुनु है आमा मेरी 
आँसु सुकाई बस्नु 
नसमाउनु घरको दैलो 
नरुदै नै बस्नु 

फर्की आउँछ छोरो तिम्रो 
फर्की घाम तिर 
नसोध्नु है आकाशलाई 
न लिनु है पिर

प्रकाशित मिति: : 2022-01-22 13:48:00

प्रतिकृया दिनुहोस्