सिके राउत भन्छन्- रेणु यादवलाई सरकारले संरक्षण गर्छ कि बर्खास्त प्रतिक्षारत छु 

तेजन खड्का

काठमाडौं
Breaknlinks
Breaknlinks

जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूलाई ज्यान मार्ने धम्की आए पनि सरकार मौन बसेको बताएका छन्।

बिएल नेपाली सेवासँग कुराकानी गर्दै राउतले ज्यानमारा धम्की दिने मन्त्री रेणु यादवलाई सरकारले संरक्षण गर्छ कि बर्खास्त गर्छ भन्ने कुरामा आफू प्रतिक्षारत रहेको बताए। यद्यपि, उनले सरकारले मौनता साधेको जिकिर गरे।

मन्त्री यादव अपराधिक पृष्ठभूमिको मान्छे भएको भन्दै नेता राउतले भने, ‘जनताको गुनासो सुन्नुको साटो उहाँले सरकारमा हुँदा दम्भ चढेको अनुभूति देखाउनुभयो।



मन्त्री रेणु यादवले दिइन् सिके राउतलाई ज्यान मार्ने धम्की

सिके राउतलाई ज्यान मार्ने धम्की दिने मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजको अपिल 



‘जनता आन्दोलन गर्छन्, विरोध गर्छन्। सत्तामा हुनेको काममा चित्त बुझेन भने प्रतिप्रक्षको भूमिका निर्वाह गर्छन्’, राउतले भने, ‘राजनीतिक चेतना भएको भए पो उहाँले बुझ्नुहुन्छ। अपराधिक चेतना भएकालाई हामीले के भन्ने?

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गौर हत्याकाण्डमा झैं ज्यान मार्ने धम्की दिएपनि मन्त्रिपरिषद्बारा कुनै स्पष्टीकरण नआउनुले सरकारकै आधिकारिक धारणा मान्नुपर्ने भएको बताएका छन्।

‘गौरकाण्ड झैं नरसंहार गरिदिने र घेरा हालेर हत्या गरिदिने संघीय मन्त्रीको घोषणामा कुनै स्पष्टीकरण नआएपछि यसलाई नेपाल सरकारकै आधिकारिक घोषणा मान्नै पर्ने भयो’, उनले भने।

उनले प्रहरीबाट सुरक्षाको आश नभएको बताउँदै भने , ‘अब आफ्नो आत्मरक्षा गर्दा कसैले आपत्ति नमान्नुहोला।’

प्रकाशित मिति: : 2022-01-22 17:30:00

प्रतिकृया दिनुहोस्