‘हेर्नुस् त, हिजोको बाख्रा गोठालो पनि सांसद बन्यो !’

अनलाइनखबर

अमृत सुवेदी

गत पुस १९ गते भुवन सुनार डुम्रे बजारमा गोरखा पालुङटार जाने गाडी कुर्दै थिए। मोबाइलको घन्टी बज्यो। नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेको फोन रहेछ।

फोन उठाएपछि पाण्डेले भने, ‘भुवन कमरेड तपाईंलाई गण्डकी प्रदेशमा गठबन्धनको तर्फबाट राष्ट्रिय सभाको उम्मेदवार बनाउने पक्कापक्की भयो। बधाई छ।’

भुवन अक्मकाउँदै बोले, हवस् धन्यवाद। भुवन जहाँको तहीँ उभिइरहे तर मनमा भने एक साथ धेरै कुरा खेले। बाल्यकालमै आमा गुमाएपछि आफूलाई हुर्काउन बाबुले बगाएको पसिना रुझे। बाल्यकालदेखि नै आँगन नाघेपछि शुरु हुने विभेदका चौघेरा सम्झे। बर्खामा गोठालो र खेतीपाती गर्दै हिउँदमा मात्र पढेर कखरा चिनेको दृश्यहरु नाचे। समाजमा दलितले भोगेको उत्पीडनका घाउहरु पनि दुखे। सबै खाले विभेदको अन्त्य गर्न भन्दै विद्रोहको मुठी उचालेर कम्युनिस्ट पार्टीमा होमिएको जोशिलो युवा उनीभित्र जाग्यो।

प्रकाशित मिति: : 2022-01-27 18:46:00

प्रतिकृया दिनुहोस्