थबाङ : क्रान्तिको किल्लादेखि शान्तिसम्म

युद्ध पर्यटनको गन्तव्य बन्न सक्छ थबाङ

अनलाइनखबर

आभास बुढाथोकी

सशस्त्र द्वन्द्वको बेला माओवादीको आधार इलाका मात्र होइन, क्रान्तिको लालकिल्ला मानिन्थ्यो, रोल्पाको थबाङ। थबाङले दिएको आश्रयमा प्रचण्ड, डा. बाबुराम भट्टराई लगायतका माओवादी नेताहरुले जनयुद्धको रणनीति बनाए। थबाङलाई नै आधार बनाएर शुरु भएको सशस्त्र जनयुद्ध मुलुकभर फैलियो र १० वर्षसम्म चल्यो।

स्वयं थबाङवासीहरु माओवादी जनयुद्धमा होमिए र शिखरमा पुर्‍याए भन्दा पनि हुन्छ। राज्य र विद्रोही पक्षबीचको लडाइँले युद्धभूमिमा परिणत भएको थबाङ अहिले भने शान्त छ। कुनै समय बन्दुक र गोला बारुदका गन्ध मात्र आउने थबाङका गाउँबस्तीमा १५ वर्षयता हिंसात्मक गतिविधि भएका छैनन्।

प्रकाशित मिति: : 2022-01-29 11:16:00

प्रतिकृया दिनुहोस्