अब पालो 'मास्टरडेटिङ'को !

मास्टरडेटिङअर्थात् आफैंसँग एक्लै गरिने  डेटिङ । यो एक प्रकारको डेटिङ नै हो तर यो अरूसँग हैन आफैंसँग एक्लै गरिन्छ। युवा–युवतीहरूमा देखा परेको यो डेटिङको नयाँ चलन हो ।

मानिसहरूको झुकाव सामाजिक सञ्जालमा बढ्दै गएपछि धेरै कुरा र व्यवहार पनि भर्चुअल हुन थालेको छ । यस्तो अवस्थामा आफूले आफैंलाई डेटिङमा लाने यो परम्परालाई मास्टरडेटिङ भनिएको छ ।

पहिलो पटक अमेरिकाको एक टेलिभिजनमा राति प्रसारण हुने लेट नाइट विथ कोनान ओ ब्रायन शोमा ब्याख्या गरिएको यो डेटिङ अहिले पश्चिमी मुलुकमा लोकप्रिय हुँदैछ।

मास्टरडेटिङ शब्द यौनिक विषयसँग सम्बन्धित लागे पनि यो आफैंले आफूलाई आनन्द प्रदान गर्ने कला हो । यो कलामा कुनै पनि व्यक्तिले एक्लै आफूलाई मन परेको सिनेमा हेर्न लाने, राम्रो रेस्टुराँमा गएर खाने वा कुनै ठाउँमा पुगेर घुम्ने भन्ने हुन्छ । 

यो कला एक्लै आफूले आफैंलाई आनन्दित तुल्याउने कला हो । आफूले आफैंलाई समय दिनु निकै महत्वपूर्ण काम हो । प्रोजेक्ट लभ डेटिङ साइटका सेलिना तथा भिक्कि भन्छन्– आफैंले आफैंसंग डेटिङ गरेर आफू के हुँ भन्ने कुरा थाहा पाउनु नै अहिले सर्वाधिक महत्वपूर्ण हुँदै गएको छ ।

प्रकाशित मिति: : 2022-01-30 23:10:00

प्रतिकृया दिनुहोस्