भ्यालेन्टाइनमा सँगै हुने छैनन् विकी र कटरिना

बलिउडको ‘ट्रेन्डिङ जोडी’ विकी कौशल र कटरिना कैफ विवाहपछि हरेक उत्सवलाई सँगै मनाउने पूर्ण प्रयास गरिरहेका छन्। तर, विवाह पछिको पहिलो भ्यालेन्टाइन भने यो जोडीले सँगै नमनाउने भएका छन्।

कटरिना आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङका कारण विकीसँग भ्यालेन्टाइन मनाउन नपाउने भएकी हुन्। अभिनेता सलमान खान र अभिनेत्री कटरिनाको ‘टाइगर ३’को अन्तिम सुटिङ तालिका जनवरीमा हुनुपर्ने थियो। तर, कोभिड १९ को बढ्दो संक्रमणका कारण फिल्मको दिल्ली सेड्युल रोक्नु परेको थियो।

अहिले निर्माताहरूले नयाँ सुटिङ तालिकाको योजना बनाएका छन्। उनीहरू मध्ये फेब्रुअरीमा फिल्मको अन्तिम सेड्युल पूरा गर्ने योजनामा छन्। यो समय तालिका १५ दिनको हुनेछ। जसमा चेज सिक्वेन्समा फोकस गरिनेछ।

निर्देशक मनिष शर्मा फिल्मको केही एक्सन दृश्य नयाँ दिल्लीको सडकमा खिच्न चाहन्छन्। फिल्म नयाँ दिल्लीको ऐतिहासिक स्थानमा खिचिनेछ, जसमा लाल किल्ला पनि पर्दछ। प्रोडक्सन टिमले कोभिड प्रोटोकललाई पूर्ण रुपमा पालना गर्ने तयारीमा छ। सलमान र कटरिना १२ फेब्रुअरीसम्ममा नयाँ दिल्लीमा पुग्नेछन् र १४ फेब्रुअरीबाट फिलमको काम सुरु गर्नेछन्।

प्रकाशित मिति: : 2022-02-02 13:11:00

प्रतिकृया दिनुहोस्