राजालाई प्रेम गर्थिन्, लता मगेंशकर ! 

Mint
Mint

लता मगेंशकरलाई गीतकी मल्लिका भन्ने गरिन्छ। उनले ३६ भाषामा गीत गाइसकेकी छन्। सोही कारण उनी धेरै पुरस्कारबाट पनि पुरस्कृत भइसकेकी छन्। 

९२ वर्षको उमेरमा पनि उनको आवाज सुमधुर थियो। स्वरकी धनी उनले विवाह भने गरिनन्। उनलाई कोही मन नपरेको भने होइन। तर परिवारका कारण उनले विवाह गर्न चाहिनन्। 

मध्ये प्रदेश इन्दौरकी उनको जन्म १९२९ मा भएको हो। उनी दीनानाथ मंगेशकर र सुधामतीकी छोरी हुन्। चार सन्तानमध्येकी उनी जेठी हुन्। जसलाई पिताले ५ वर्षकै उमेरमा संगीत सिकाएका थिए। बहिनीहरु आशा, उषा र मीनाका साथ संगीतको शिक्षा लिनका साथै उनी बाल्यकालदेखि नै संगीत क्षेत्रमा सक्रिय थिइन्। 

१९४२ मा हृदयघातका कारण उनको पिताको निधन भयो। जसकारण उनले परिवारका लागि मराठीलगात हिन्दी फिल्ममा काम गरिन्। जसमा सामेल छन्–‘ ‘मीरा बाई’, ‘पहेली मंगलागौर’ ‘मांझे बाल’ ‘गजा भाऊ’ ‘छिमुकला संसार’ ‘बड़ी मां’ ‘जीवन यात्रा’ और ‘छत्रपति शिवाजी’।

सुरुवाती दिनमा उनले धेरै संघर्ष गरिन्। सुरुसुरुमा गीत गाउन लजाउने उनले १९४७ मा रिलिज भएको फिल्म ‘आपकी सेवा में’ गीत गाइन्। जसबाट उनले सफलता हासिल गरिन्। 

मिडिया रिर्पोटका अनुसार डूंगरपुर राजघरानेका महाराजा राज सिंहलाई उनी प्रेम गर्थिन्। लताका भाई हृदयनाथ मंगेशकर र राज एकअर्काका साथी थिए। उनीहरु क्रिकेट खेल्थे। त्यसैबेला उनीहरुको भेट भएको थियो। विस्तारै साथी बनेका उनीहरु नजिकिन थाले। 

उनी एक साधारण परिवारबाट थिइन्। र राजघरानेका महाराजा राज खानदानी थिए। जसलकारण उनीहरुको विवाह हुनु मुश्किल थियो। राजले जीन्दगीभर कसैसँग विवाह गरेनन्। र लताले पनि सधैँ यही भनिरहिन कि–घरको जिम्मेवारीका कारण विवाह गरिनन्। 


 

प्रकाशित मिति: : 2022-02-06 18:26:00

प्रतिकृया दिनुहोस्