यी हुन्–मेरा पाँच प्रेमी

मलाई खुसी बनाउने, मेरो हरेक कुरामा साथ दिने, मेरो ध्यान राख्ने र मलाई सबैभन्दा धेरै माया गर्ने। ती हुन्–मेरा लागि प्रेमी। उनी अरुका लागि साधारण हुन सक्छन् तर मेरो लागि भने धेरै प्यारो छ। मेरो दिनरात नै उनको सम्झनामा कट्ने गर्छ। उनलाई सम्झन मलाई न दिन चाहिन्छ न त कुनै दिवस नै।

मेरो लागि पहिलो प्रेमी हुन्–मेरी आमा ‘अप्सरा’। जबदेखि मैले प्रेमको मतलब बुुझेँ। तबदेखि नै उनलाई प्रेम गर्न थालेँ। उनले गरेका कुरा, रिस र माया मेरा लागि अमूल्य छन्। उनीसँग मनमा लागेका कुरा पोख्न सक्छु। रिसाउन सक्छु र माया पनि गर्छु।

मेरो दोस्रो प्रेमी हुन्–‘मेरो घर’।  जसले मलाई घाम र पानीबाट बचाएको छ। जहाँ म सबैभन्दा सुरक्षित महसुस गर्छु। तिमी बिना म अपूरो छु–मेरो माया।

मेरो तेस्रो प्रेमी हुन्–‘निन्द्रा’। जो बिना म बाँच्न सक्दिनँ। जब म दिनभरि काम गरेर थकित हुन्छ। तब मलाई तिम्रो आवश्यक पर्छ। मेरो प्यारो निन्द्रा। तिमी मेरा लागि रातको अन्तिम पखाई र बिहानीको पहिलो उर्जा हौँ। 

मेरो चौथो प्रेमी हुन्–‘स्यागी’। (पप्पी) जो बिहानै उठ्नसाथ भुक्दै मलाई उठाउन आइपुुग्छन्। उनी मेरो र घरकै हेरचाह गर्छन्। म निराश हुुँदा सबै भन्दा पहिले उसैको उपस्थिती हुन्छ। अनि मलाई हसाउँन  उनी सक्दो प्रयास गरिरहेको हुन्छ। कहिले भुुइँमा लडीबुुडी गर्छ त कहिले पुच्छर टोकेर नाच्ँन थाल्छ। जसलाई देखेर म खुसी हुने गर्छु। तिमी पनि मेरो जीवनको मअत्वपूर्ण अशं हौँ–‘स्यागी’। 

मेरो पाचौँ प्रेमी हुन्–‘कफी ’। जसको एक चुस्कीले नै म ताजा महसुस गर्छु। मेरो बिहानीको साथी हुन्–उनी। जो बिना म दिनको सुुरुवात गर्न सक्दिँन। हुन त तिमी देख्नुुमा कालो छौँ। तिम्रो स्वाद पनि तितो छ, तर मेरो लागि तिमी नै प्यारो छौँ। मेरो ‘कफी ’। 

 

प्रकाशित मिति: : 2024-02-14 11:30:00

प्रतिकृया दिनुहोस्